झापा , साउन १३ । झापा गाउँपालिका वडा नं.३ फुलगाछी चोकस्थित कुमरखोद– सुरुङ्गा सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा बुबाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।

आज दिउँसो १२ः४५ बजे झापा गाउँपालिका वडा नं.३ फुलगाछी चोकस्थित कुमरखोद– सुरुङ्गा सडकखण्डमा सुरुङ्गाबाट झापातर्फ जाँदै गरेको प्रदेश १–०१–०१६–१६१२ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ५४ वर्षीय निजामुदिन मियाँ र मोटरसाइकलमा पछाडी सवार उनका छोरा १९ वर्षीय सालेमान मियाँ घाइते भएका थिए ।

घाइतेहरुलाई तत्काल उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाएकोमा अस्पताल पुर्याउनासाथ डाक्टरले चेकजाँच गर्दा चालक निजामुदिन मियाँको मृत्यु भइसकेको थियो । बायाँ हातमा चोट लागेका घाइते सालेमान मियाँको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्