झापा, साउन १४ । झापामा हरेक दिन सरदर एकजनाले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको छ ।

प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०–०८१ मा जिल्लाका ३३४ जनाले आत्महत्या गरेका छन् । जुन तथ्यांकबाट महिनामा करिव २७ जनाले आत्महत्या गरेको देखिएको हो । झापामा वर्षेनि आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । आत्महत्या गर्नेमा महिलाभन्दा पुरुष बढी छन् ।

आर्थिक वर्ष २०८०–०८१ मा २२१ पुरुष र ११३ महिलाले आत्महत्या गरेका छन् । त्यसमध्ये सवैभन्दा बढी २९१ जनाले झुन्डिएर आत्महत्या गरेका छन् भने विष खाएर ४१ , आत्मदाह गरेर एक र हातहतियार प्रयोग गरेर एकजनाले आत्महत्या गरेका छन् । तीन वर्षको तथ्यांकलाई हेर्दा आर्थिक वर्ष २०७८–०७९ मा २२२ पुरुष र ९२ महिला गरी ३१४ जनाले आत्महत्या गरेका थिए भने २०७९–०८० मा १८८ पुरुष र १२९ महिला गरी ३१७ जनाले आत्महत्या गरेका थिए । २०८०–०८१ मा आत्महत्या गर्नेको संख्या बढेर ३३४ पुगेको छ । जुन १७ ले बढेको हो ।

जिल्लामा आत्महत्या गर्नेहरुको संख्या दिन प्रतिदिन बढ्नु चिन्ताको विषय भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । उनले विभिन्न कारणले आत्महत्या गर्ने गरेका कारण ती कारण पहिल्याई सचेतनामूलक कार्यक्रम संचालन गरिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्