झापा,साउन १४ । पेरिस ओलम्पिक २०२४ अन्तर्गत जुडोमा नेपालकी मनिता श्रेष्ठ प्रधान पहिलो खेलमा पराजित भएकी छिन्।

उनी सोमबार भएको महिला ५७ केजी तौल समूहअन्तर्गत अन्तिम ३२ को खेलमा सर्वियाकी खेलाडीसँग पराजित भएकी हुन्। सर्वियाकी मारिका पेरिसिकसँग मनिता १०–० अंकको अन्तरले पराजित भइन्।

यससँगै नेपालका चार खेलाडीको चुनौती समाप्त भइसकेको छ।

यसअघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल र पौडीकी डुवाना लामा आफ्नो पहिलो खेलमै पराजित भएका थिए।

यस्तै ब्याडमिन्टनका प्रिन्स दाहाल समूहको पहिलो खेलमा विश्व नम्बर दुई खेलाडीसँग हारेका थिए। प्रिन्सले आज राति आफ्नो दोस्रो खेलमा आयरल्यान्डका खेलाडीसँग प्रतिस्पर्धा गर्दैछन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्