झापा, साउन १५ । प्रधानमन्त्रीसहित प्रमुख नेताहरुको मृत्युको कामना गर्दै पूजापाठ गरिरहेको अवस्थामा राजधानीमा पक्राउ परेका झापाका पुष्कर खतिवडा पटक पटक विवादमा पर्दै आएका छन् ।

उनले यसअघि पनि यस्तै उटपट्याङ काम गरेका थिए । आफूलाई ज्योतिषी तथा धार्मिक अभियन्ता बताउने खतिवडाले प्रधानमन्त्रीसहित प्रमुख नेताहरुको मृत्युको कामना गर्दै पूजापाठ गरिरहेको अवस्थामा उनलाई काठमाडौंको प्रहरीले हिजो विहान मण्डिखाटारस्थित निवासबाटै नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतले ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।चार दिनअघि नेताहरूको मृत्युको कामना गर्दै अनुष्ठान आयोजना गर्न लागेको उनले सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए । युट्युवरहरुलाई भिडियो खिच्न लगाएर मन्त्रोच्चारण गरिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
आफ्नो फेसबुक प्रोफाइलबाट लाइभ गरि नेपालका ठुला नेताहरुको मृत्युको कामना गरि आफ्नै निवासमा महायज्ञ गर्न गइरहेको भनी प्रचार गरेको र हिजो यज्ञ गर्दै गरेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

खतिवडाको नालीबेली यस्तो छ
नाम – पुष्कर खतिवडा
जन्ममिति – २०५२÷०१÷२९ गते
मोबाइल नं. – ९८६२३९९५४६
स्थायी ठेगाना – बुद्धशान्ति गाउँपालिका २, झापा
पारिवारिक संख्या – ४ जना
बुवाको नाम – सेतु खतिवडा
आमाको नाम – मनमाया खतिवडा
श्रीमतीको नाम –
पृष्ठभूमि – झापाको बुद्धशान्तिमा जन्मिएका पुष्कर खतिवडा झापाबाटै १२ सम्मको अध्ययन गरी भारतको सम्पूर्णान्द संस्कृत विश्वविद्यालय वाराणसीबाट संस्कृतमा ग्राजुएट गरेर बुद्धशान्तिमा आएर बसेका थिए । कोरोनाका बेला कोभिडको औषधि समेत आफूले उत्पादन गरेको र शतप्रतिशत त्यसले निको पार्ने भनी प्रचार गरेपछि प्रहरीले बिशेष निगरानी गरी नियन्त्रणमा लिएको थियो । हिरासतमा राखी सम्झाई बुझाई गरेर उनलाई प्रहरीले छाडेको थियो। त्यसपश्चात् झापा जिल्लामै रहि राष्ट्र राष्ट्रियता धर्म संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनलाई समेत समर्थन गरेका थिए । खतिवडा बिगत केही बर्ष अगाडिदेखि आफ्नो परिवार (श्रीमती ,छोराहरु) सहित काठमाडौं महानगरपालिका वडा नं ४ स्थित धुम्बाराही बस्दै आएका थिए । उनी झापा –काठमाडौ आउँदै जाँदै गर्ने गरेका थिए । काठमाडौमा हुँदा आफ्नो फेसबुक प्रोफाएल धर्मगुरु पुष्कर खतिवडाबाट प्रत्यक्ष प्रसारण गरि ज्योतिषसंग सम्बन्धित, हिन्दु धर्म ग्रन्थ, महापुराणलगायतको बारेमा प्रचार गर्दै आएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्