झापा,साउन १५ । झापाको बिर्तामोडस्थित शनिश्चरेरोडमा केही स्थानीय युवाले सडक अवरुद्ध गरेका थिए ।
आज बिहान ११ः३० बजेदेखि बिर्तामोड ५ मा पर्ने टाटा सोरुमदेखि महानन्दचोकसम्म उनीहरुले बाँसको ढाट तेर्स्याएर सडक अवरुद्ध गरेका हुन् ।
सडक अवरुद्ध हुँदा सवारी साधन आवतजावतमा समस्या उत्पन्न भएको प्रहरीले जनाएको छ । उनीहरुले वैकल्पिक मार्गको प्रयोग गरिरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्