झापा, साउन १५ । मोरङको उर्लावारीमा भएको मोटरसाइकल दुर्घटनामा दमकका एक युवकको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।

आइतवार साँझ मोरङको उर्लावारी नगरपालिका–९ मा मे ९ प ५५७५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक दमक नगरपालिका–१० का २२ बर्षीय रोशन भट्टराई र पछाडि सवार २२ बर्षीय धनराज रिजाल घाइते भएका थिए ।

दुवैलाई उपचारको लागि अरनिको अस्पताल उर्लावारी लगिएकोमा अस्पताल पुर्याउनासाथ धनराज रिजालको मृत्यु भएको हो । अर्का घाइते चालक रोशन भट्टराईको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्