झापा, साउन १७ । लागूऔषधसहित बिर्तामोड १० का ३४ वर्षीय बिशाल गुरुङ पक्राउ परेका छन् ।

आज दिउँसो १२ः३० बजे मेचीनगर नगरपालिका वडा नं. ६ पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदैं गरेका प्रदेश.१–०१–०१७ प. ५८६ नम्बरको स्कुटर चालक गुरुङलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

शंका लागेर चेकजाँच गर्दा खैनीको प्याकेटभित्र प्लाष्टिकले पोका पारेर गुरुङले लुकाएर ल्याउँदैं गरेको १ ग्राम ३८० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्