झापा, साउन १७ । हल्दिवारी गाउँपालिका वडा नम्वर ५ सोडागान्धी चोकस्थित हुलाकी मार्गमा पिकअपको ठक्करबाट दुईजनाको मृत्यु भएको छ ।

आज साँझ ७.१५ बजे हुलाकी मार्गमा राजगढवाट जलथलतर्फ आउँदै गरेको गरेको मे १ ज ३२६१ नं. को पिकअप गाडीले जलथलवाट राजगढतर्फ जाँदै गरेको मे ९ प ९६८५ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा तत्काल नामथर वतन नखुलेको मोटरसाइकल चालक र सोही मोटरसाइकलमा सवार दुवैजनाको मृत्यु भएको हो ।

अन्दाजी २५–३० वर्षका दुवै घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको क्रममा राति ८ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

पिकअप र पिकअप चालक भद्रपुर नगरपालिका वडा नम्वर २ बस्ने ३७ वर्षीय दिपेन राईलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको डीएसपी कृष्णकुमार चन्दले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्