झापा, साउन १८ । झापामा यस वर्ष ९५ जनामा डेंगु संक्रमण देखिएको छ ।

बैशाखदेखि हिजो साउन १७ गतेसम्म डेंगु संक्रमितको संख्या त्यति रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । बैशाखमा १८ , जेठमा २१ , असारमा ४५ र साउनको १७ गतेसम्म ११ जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालयका फोकल पर्सन युवनाथ बरालले जानकारी दिए । उनले १२०५ जनालाई परीक्षण गर्दा त्यतिजनालाई डेंगु पुष्टि भएको बताए ।

देशभर डेंगुको संक्रमण बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र(इडिसिडी)का अनुसार काठमाडौं र झापामा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्