झापा , साउन १८ । घरमै लागूऔषध बिक्री गर्ने शिवसताक्षी– ८ रत्न चौक बस्ने २४ वर्षीय फुर्वा तामाङ पक्राउ परेका छन् ।

गएराति १०.३० बजे उनलाई प्रहरीले पक्राउ गरेको हो । आफ्नै घरमा लागूऔषध ब्राउनसुगर बेचबिखन गरिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले तामाङलाई नियन्त्रणमा लिई शरीर खानतलासी लिँदा उनको साथबाट १ ग्राम ५६० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

उनलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्