झापा,साउन १८ । कक्षा १२ को नतिजामा एक लाख ८७ हजार २१ जना विद्यार्थी ननग्रेडिङ (एनजी) आएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा तीन लाख ९० हजार ८६८ परीक्षार्थी सहभागी रहेकोमा दुई लाख तीन हजार ८४७ विद्यार्थी उत्तीर्ण भएका हुन् ।

२.८१ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ७८ हजार ७५ रहेको छ ।

२.४१ देखि २.८० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ६१ हजार ३६ रहेको छ ।

३.२१ देखि ३.६० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ४६ हजार ८९३ रहेको छ ।

३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी नौ हजार ५९१ छन् ।

२.१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या आठ हजार दुई सय ४० छन् ।

१.६१ देखि २ जीपीए ल्याउने विद्यार्थीको संख्या १२ जना छन् ।

ग्रेडेड
२.८१ देखि ३.२० जीपीए ः ७८ हजार ७५, २.४१ देखि २.८० जीपीए ः ६१ हजार ३६, ३.२१ देखि ३.६० जीपीए ः ४६ हजार आठ सय ९३, ३.६१ देखि ४ जीपीए ः नौ हजार ५९१, २.१ देखि २.४० जीपीए ः आठ हजार २४०, १.६१ देखि २ जीपीए ः १२ जना छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्