झापा,साउन २० । भारतको मध्य प्रदेशको सागरको साहपुरस्थित एक घरको पर्खाल भत्किदा ९ जना बालबालिकाको मृत्यु भएको छ। लगातारको भारी वर्षाका कारण आइतबार बिहान ८ः३० बजेतिर जीर्ण घरको पर्खाल भत्किदा ९ जना बालबालिकाको मृत्यु भएको जनाइएको छ।

प्रहरीका अनुसार दुईजना बालकको घटनास्थलमै मृत्यु भएको हो। बाँकी सातजनालाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते दुईजना बालबालिकाको भने अस्पतालमा उपचार भइरहेको छ।

मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले ट्वीट गर्दै मृत्यु भएका बालबालिकाको परिवारलाई राहतस्वरुप जनही ४÷४ लाख रुपैयाँ दिने घोषणा गरेका छन्। उनले जीर्ण घरको पर्खाल भत्किदा निर्दोष बालबालिकाहरूको ज्यान गएको खबरले दुखित बनाएको बताएका छन्।

मुख्यमन्त्री यादवले घाइते बालबालिकाको उचित उपचार गर्न जिल्ला प्रशासनलाई निर्देशन दिएका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्