झापा, साउन २१ । ज्वरोले थलिएकी एक महिलाको बिर्तामोड नगर अस्पतालमा ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको छ ।

बिहान ११.३० बजेतिर बिर्तामोड ३ की ४२ वर्षीया मुना मुर्मू टुडूलाई उपचारको लागि ल्याउँदै गर्दा बाटैमा उनको मृत्यु भएको नगर अस्पतालका प्रशासन प्रमुख विमल पोखरेलले बताए ।

उनलाई अस्पतालको इमर्जेन्सीमा ल्याई नपुर्याउँदै बाटैमा मृत्यु भएको र अस्पतालका चिकित्सकले मृत घोषित गरेको पोखरेलले जानकारी दिए । ती महिला विगत १० दिनदेखि ज्वरोले थलिएकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्