झापा , साउन २२ । भारतबाट लागूऔषध भित्र्याउने दुईजना पक्राउ परेका छन् ।

हिजो दिउँसो ४.४५ बजे भद्रपुर नगरपालिका वडा न.९ निन्दा खोलाको पुलमा प्रहरी चौकी घोडामारा र प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका भद्रपुर नगरपालिका वडा न.९ घोडामारा बस्ने ४६ वर्षीय अरेन्जय राजवंशी र सोही ठाउँ बस्ने २५ वर्षीय कृष्ण राईलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

शंका लागेर रोकी चेकजाँच गर्दा अरेन्जय राजवंशीको साथबाट प्लाष्टिकसहित ५ ग्राम ३६० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्