झापा, साउन २२ । झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिका मातहतका शिक्षक र कर्मचारीलाई पार्टी सदस्यता नवीकरण नगर्न निर्देशन दिएका छन् ।


नेपाली कांग्रेसका कोशी प्रदेश समिति सदस्यसमेत रहेका पालिका प्रमुख राईले कांग्रेससम्बद्ध शिक्षक र पालिका मातहतका कर्मचारीहरुलाई पार्टी क्रियाशील सदस्यता नविकरण नगर्न सार्वजनिक रुपमै निर्देशन दिएका हुन् । अहिले नेपाली कांग्रेसको क्रियाशील सदस्य धमाधम नवीकरण भइरहेको छ । अध्यक्ष राईले शिक्षा सम्बन्धीका प्रचलित ऐन, कानुनहरुको स्मरण गराउँदै सामाजिक सञ्जालमार्फत त्यस्तो निर्देशन दिएका हुन् ।

उनले प्रचलित कानुनविपरित पार्टीमा लाग्ने शिक्षक तथा पालिकाका कर्मचारीहरुलाई कारवाही गर्नेसम्मको चेतावनीसहित सामाजिक संजालमा लेखेका छन्– ‘शिक्षा ऐन, २०२८ (संशोधन सहित) १६ ङ को उपदफा (५)को खण्ड (छ) शिक्षक वा कर्मचारीले राजनीतिक दलको कार्य कारिणी समितिको सदस्य रहेमा पद मुक्त गरिने र राजनैतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (ग) अनुसार शिक्षक वा कर्मचारीहरुले कुनै पनि दलको सदस्यता लिन नपाउने प्रावधान रहेको र अहिले नेपाली कांग्रेसको क्रियाशील सदस्यता धमाधम नवीकरण भइरहेको हुँदा कमल गाउँपालिकाका शिक्षक वा कर्मचारीहरुले सदस्यता नवीकरण गरेको पाईएमा कारवाही गरिनेछ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्