झापा , साउन २३ । परियार सेवा समाज झापाको जिल्ला सम्मेलन आगामी भदौ १ गते हुने भएको छ ।

समाजको दोस्रो जिल्ला अधिवेशन आयोजक समितिको हिजो बिर्तामोडमा सम्पन्न भेलाले उक्त निर्णय गरेको जिल्ला सचिव वीरबहादुर दर्नालले जानकारी दिए ।

समाजका अध्यक्ष भोला परियारको अध्यक्षता र केन्द्रीय सदस्य तथा प्रचार बिभाग प्रमुख हस्त परियारको प्रमुख आतिथ्यमा उक्त भेला सम्पन्न भएको हो । भेलाले झापाका पाँचवटै निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुनेगरी जिल्ला सम्मेलन आयोजक समिति चयन गरेको सदस्य कृष्ण कनालले बताए ।

भेलामा समाजका केन्द्रीय सदस्य नीरु परियार , अग्रज टिकाराम शिवा , कृष्ण कनाल , ध्रुव कनाल , रिता शिवा ठटाल , सावित्रा वर्देवा , चन्द्रा कार्की ढोली , रुद्र बागदास , धनकुमार नेपाली , राजकुमार शिवा , भुपाल परियार , चन्द्रा शिवा , गोमा शिवा , पुष्कर शिवालगायतको उपस्थिति रहेको थियो ।

कनकाई नगरपालिका वडा नम्बर १ स्थित दलित सामुदायिक भवनमा आयोजना गरिने जिल्ला सम्मेलन सम्पन्न गर्न जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुनेगरी कार्यसमितिबाहेक थप ५० जनाको जिल्ला भेला आयोजक समिति चयन गरिएको अध्यक्ष परियारले जानकारी दिए ।

जसअनुसार निर्वाचन क्षेत्र नं १ बाट कृष्ण कनाल , ध्रुव कनाल , पोषक मोते , द्रोण बागदास , रीता शिवा ठटाल , हिरा परियार , नरेश मोहोरा रहेका छन् । त्यस्तै २ बाट राजकुमार बर्देवा , धनकुमार नेपाली , भुपाल परियार , रुद्र बागदास , सीता शिवा , महेन्द्र दास , बिनोद कार्की ढोली , संगीता शिवा , लक्ष्मी मोते , भावना परियार , दिलमाया दास , रमेश त्रीखत्री , रीता नेपाली , नारायण दर्जी , नरेन्द्र दर्नाल , टिकाराम शिवा , सुरज पाँचकोटी , राजु शिवा , ईन्द्र परियार छन् । यस्तै क्षेत्र नम्बर ३ बाट कृष्ण अनमोल सुन्दास , सुरजभक्त परियार , प्रशंसा परियार र निर्मल ठटाल रहेका छन् ।

यसरी नै क्षेत्र नम्बर ४ बाट साबित्रा बर्देवा , जितबहादुर ठटाल , जुनु मोहरा , तारा दर्नाल ( क ) , तारा दर्नाल ( ख ) , खगेन्द्र बर्देवा , अन्जु भित्रीकोटी , ओम ठटाल , देवेन्द्र दर्नाल , आर्यन भित्रीकोटी र कविता शिवा छन् ।
यस्तै निर्वाचन क्षेत्र ५ बाट हुकुमसिंह नेपाली , मानबहादुर बर्देवा , हरि पोखरेल , जीवन दर्नाल , भूमिका मोहोरा , सरु परियार , श्याम मोहोरा , अशोक बर्देवा र उमेश रनपहेंली चयन भएको केन्द्रीय सदस्य नीरु परियारले बताइन् ।

जिल्ला भेला सम्मेलन आयोजक समितिले जिल्ला भेला , केन्द्रीय तथा प्रदेश समिति प्रतिनिधि चयन , सदस्यता विस्तार तथा कार्यक्रम हल ब्यवस्थापन उपसमिति चयन गर्ने निर्णय गरेको रीता शिवा ठटालले जानकारी दिइन् ।

समाजको आगामी भदौ १५ गते काठमाडौमा हुने पाँचौं केन्द्रीय सम्मेलनमा झापाबाट सशक्त सहभागिता गराउने उद्धेश्य लिइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्