झापा , साउन २३ । मोरङको जहदा गाउँपालिका–५ मा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा देवानन्द महतोका १५ बर्षीय छोरा भरत महतो रहेका छन् । हिजो साँझ मल्टिप्लकमा तार जोड्ने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएका उनलाई उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर लगिएकोमा अस्पताल पुर्याउनासाथ मृत्यु भएको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्