झापा,साउन २३ । कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा विद्यमान जारी प्रथाको मूल कथावस्तुमा निर्माण गरिएको ‘बुलाकी’ को प्रवर्धन भिडियो सार्वजनिक गरिएको छ । बुलाकीको प्रवर्धन भिडियो सार्वजनिक कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले ‘कर्णाली विकट नभई विराट’ रहेको बताए ।

उपसभापति खड्काले भने, “कर्णाली सभ्यता, स्रोतसाधनले भरिपूर्ण छ । स्रोतसाधनको उपयोग गरेर देशलाई सम्पन्न बनाउनु पर्छ ।”

लक्ष्मण सुनार निर्देशित चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाईंलगायतको अभिनय छ । चलचित्रमा शिव ढकालको छायाङ्कन रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्