झापा, साउन २३ । काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधि भारतले जितेको छ।

फाइनलमा आयोजक नेपाललाई स्तब्ध पार्दै भारतले उपाधि जितेको हो। भारतले नेपाललाई ३–२ सेटले जितेको हो।त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको फाइनल खेलमा नेपालले पहिलो सेट जित्दै अग्रता लिएको थियो। दोस्रो सेट भारतले जित्दा तेस्रो सेट जित्दै नेपालले पुनरागमन गरेको थियो। तर, नेपालले चौथो सेट पनि गुमाएको थियो। पाँचौं सेटमा नेपाल भारतसँग ५–१५ पराजित भएको थियो।

यसअघि नेपालले पहिलो सेट २५–२३ र तेस्रो सेट २५–२२ ले जितेको थियो। भारतले भने दोस्रो सेट १४–२५, चौथो सेट २५–२१ र पाँचौं सेट १५–५ ले जितेको हो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्