झापा , साउन २४ । कोशी प्रदेश सरकारले शुक्रबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।


मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बिहीबारको बैठकले ३०औं विश्व आदिवासी दिवसका अवसरमा प्रदेशभर बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले जानकारी दिए ।

उक्त दिवस मनाउन प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको प्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्