झापा , साउन २४ । झापाको दमकमा लागूऔषधसहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा मोरङ उर्लाबारी नगरपालिका वडा नं.–१ बस्ने २३ वर्षीय पवन नेपाली, दमक नगरपालिका वडा नं.–३ बस्ने १९ वर्षीय रोहन जोगी र सोही ठाउँ बस्ने १६ वर्षीय सुमन धिमाल रहेका छन् । आज दिउँसो ३.१५ बजे दमक नगरपालिका वडा नं.–३ मा प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा पवन नेपालीको साथबाट ट्रामाडोल ३८ ट्याव्लेट फेला परेको थियो । उनलाई सोधपुछ गर्दा सुमन धिमालको घरमा अरु केही औषधीहरु रहेको खुलेपछि सुमन धिमालको घरमा समेत प्रहरी टोली खटिएर चेकजाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा ट्रामाडोल ट्याव्लेट र एन्टीकफ ११६ ट्याव्लेट फेला परेको थियो ।

ती ३ जनालाई नै नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्