झापा , साउन २४ । लागूऔषधसहित इलाम फिक्कलकी एक महिला पक्राउ परेकी छन् ।

आज साँझ ६.३० बजे इलाम सूर्योदय १० स्थित फिक्कल बजारमा आरभी स्टोर कपडा पसल संचालन गर्दै आएकी २१ वर्षीया अनिसा राईले लागूऔषध लुकाइराखेको भन्ने गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी वेश आइतबारेबाट खटिएको टोली र प्रहरी चौकी फिक्कलबाट खटिएको संयुक्त टोलीले चेकजाँच गरेको थियो ।

त्यसक्रममा उनले हातमा बोकेको पर्सबाट ०.५७० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । उनलाई प्रहरी चौकी फिक्कलमा ल्याई थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्