झापा,साउन २६ । बालबालिकाको जनसंख्या घटेको छ । २०६८ देखि २०७८ को अवधिमा १७ वर्षभन्दा कम उमेर भएका बालबालिकाको जनसंख्यामा १२ लाख १४ हजार ७२८ जनाले कमी आएको राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकले देखाएको छ ।
जनगणना २०६८ मा एक करोड १० लाख ८४ हजार ३११ जना बालबालिका रहेका थिए । जनगणना २०७८ मा भने यस्तो संख्या ९८ लाख ६९ हजार ५८३ जना मात्रै रहेको छ।
जनगणना २०७८ मा नेपालको औसत जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत देखिएको छ।
तर, बालबालिकाको जनसंख्या भने १.१ प्रतिशतले घटेको छ। यो भनेको नयाँ जन्मने बालबालिकाको संख्या कम भएको हो।
’वर्ष २०६८ देखि २०७८ सम्म १० वर्षको अवधिमा औषत वार्षिक जन्मने बालबालिकाको संख्यामा कमी आएको देखिएको छ। तर, हाम्रो औषत आयु बढेको कारण समग्र जनसंख्या भने बढेको छ,’ राष्ट्रिय तथ्यांक कार्यालयका उप–प्रमुख तथ्यांक अधिकारी हेमराज रेग्मीले भने।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्