बिर्तामोड , साउन २६ । झापाको बिर्तामोडमा बालबालिका र युवालाई लक्षित गरेर भिक्ट्री मार्सल आर्ट एन्ड स्पोर्टस् एकेडेमी सञ्चालनमा आएको छ ।

आज एक कार्यक्रमका बीच प्रमुख अतिथि झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी प्रशान्तले एकेडेमीको उद्घाटन गरे ।

किरातेका प्रशिक्षकहरु सूर्यबहादुर थापा, विन्दुराज दाहाल र मुकेश गजमेरको लगानीमा एकेडेमी सञ्चालनमा आएको हो ।

एकेडेमीमा कराते, किकबक्सिङ, सेल्फ डिफेन्स, शारीरिक सुगठन, जुम्मा तथा योगाका कक्षाहरु सञ्चालन हुँदै आएको सञ्चालक थापाले जानकारी दिए । थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि भण्डारी, बिर्तामोडका नगर उपप्रमुख नगेन्द्र संग्रौला, वरिष्ठ कराते प्रशिक्षक कालु मेचे, राम पाठक, प्रशिक्षक बद्री विष्ट, मीना पाठक, बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुढाथोकी, नेपाल खेलकुद पत्रकार मञ्च झापाका निवर्तमान अध्यक्ष हिमाल खरेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

लागूऔषधको हब बनिरहेको बिर्तामोडमा एकेडेमी सञ्चालनमा आएर बालबालिका र युवालाई खेलकुदमार्फत र मानसिक तथा शारीरिक स्वास्थ्य विकासमा सहयोग पुग्ने वक्ताहरुको भनाइ थियो ।

एकेडेमीमा हाल करातेमा ४५ जना, किकबक्सिङमा ३५ जना र जुम्मामा २५ प्रशिक्षार्थीहरु रहेका छन् । कार्यक्रमकै बीच करातेका प्रशिक्षार्थीलाई ग्रेडिङको प्रमाणपत्र प्रदान गरिएको थियो ।
नृत्य प्रशिक्षक तथा कराते राष्ट्रिय निर्णायक एल सि श्रेष्ठले संचालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य बिन्दुराज दाहालले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्