झापा, साउन २७ । झापाको कचनकवल गाउँपालिकाले भोलि साउन महिनाको अन्तिम सोमवार स्थानीय सार्वजनिक विदा दिएको छ ।
कचनकवल वडा नं १ घेरावारीमा रहेको भुतेश्वर शिवालय मन्दिरमा लाग्ने साउन महिनाको अन्तिम सोमवारे मेलाको लागि पालिकाले विदा दिएको हो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव मैनालीले एक सूचना जारी गरी भोलि गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्था , स्वास्थ्य संस्थालगायत सम्पूर्ण सरकारी कार्यालयहरु बन्द रहने जनाएका छन् ।