झापा , साउन २८ । आज भद्रपुर क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।

नेपाल विद्युत प्राधिकरण भद्रपुर वितरण केन्द्रले बिहान ६ बजेदेखि अपरान्ह ४ बजेसम्म विद्युत अवरुद्ध हुने हिजो सूचना जारी गरेको थियो ।

भद्रपुर वितरण केन्द्रको ३३÷११ के.भि. चन्द्रगढी सवस्टेशनमा नेपाल विद्युत् प्राधिकरण सवस्टेशन सुदृढीकरण आयोजनाबाट चन्द्रगढी ३३÷११ के.भि. सवस्टेशनमा जडित ६÷८ एम.भि. ए. ट्रान्सफर्मर बदली गरी २४ एम.भि.ए. ट्रान्सफर्मर जडान कार्य गर्नुपर्ने भएकाले चन्द्रगढी सवस्टेशनबाट संचालन हुने सम्पूर्ण विद्युतीय लाइन बिहान ५ देखि अपरान्ह ४ बजेसम्म आलोपालो अवरुद्ध हुनसक्ने सूचनामा जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्