झापा, साउन २९ । मकवानपुरमा एक व्यक्तिले हिजो बेलुका बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।


कैलाश गाउँपालिका—५ काफलडाँडाका २८ वर्षीय मंगलबहादुर पाख्रिनले आफ्नी श्रीमती १८ वर्षीया लक्ष्मी पाख्रिनको बन्चरो प्रहार गरी हत्या गरेका हुन् । मानसिक रोगको औषधि सेवन गरिरहेका पाख्रिनले श्रीमती लक्ष्मीको टाउको र गर्दनमा बन्चरो प्रहार गरेको वडाध्यक्ष छेकु लामाले बताए । घटना थाहा पाएपछि मंगलबहादुरलाई स्थानीयले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पालुङलाई खबर गरेका थिए ।

प्रहरीले गएराति नै मंगलबहादुरलाई पक्राउ गरेर पालुङस्थित प्रहरी हिरासतमा राखेको छ । उनीहरूको १३ महिनाकी छोरी रहेकी छिन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्