झापा ,साउन २९ । मोरङमा एउटा हात्ती मृत भेटिएको छ ।

बेलबारी नगरपालिका वडा नम्बर–३ करमडाँडामा करिब ७÷८ वर्षको पोथी हात्ती मृत भेटिएको प्रहरीले जनाएको छ ।

हात्ती विद्युतीय झट्काबाट मारिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । झापा, मोरङ र सुनसरीमा यो वर्ष आधा दर्जन हात्ती मारिएका छन् ।

अधिकांश हात्तीको मृत्युको कारण करेन्ट रहेको छ । केही हात्ती मार्न बन्दुकसमेत प्रयोग भएको पाइएको छ । हात्तीमाथि भइरहेको श्रृङखलाबद्ध आक्रमणप्रति संरक्षणकर्मीहरु चिन्तित बनेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्