झापा,साउन ३० । अरुण नदीमा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय संखुवासभाले सतर्कता अपनाउन आग्रह गरेको छ । पानीको सतह बढेपछि मकालु गाउँपालिकाका फ्याक्सिन्दामा निर्माणधीन अरुण तेस्रो आयोजनाको डाइभर्सन टनेलमा ओभरफ्लो भएर पानी बगेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार डाइभर्सन टनेलमा पानी नअटेपछि निर्माण हुँदै गरेको बाँध भरिएर ओभरफ्लो भएको हो ।
साना तथा ठूला खोला नदीमा वर्षातका कारण पानी बढेपछि जिल्ला प्रशासन कार्यालयले विशेषगरी नदी किनारमा बसोबास गर्ने र ज्याला मजदुरी गर्ने नागरिकलाई उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।

खोला, नदी बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकैको प्रहरीलाई खबर गर्न कार्यालयले आग्रह गरेको छ । भारी वर्षा भएका कारण खोला नदीमा पानीको बहाव बढिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्