बिर्तामोड, ३० साउन । बिर्तामोड नगरपालिकाको हर्कलाल मार्ग स्तरोन्नति गर्ने कार्यलाई अघि बढाईएको छ ।

गएको आर्थिक वर्षमा गरेर बाँकी रहेको भागमा स्तरोन्नति कार्यलाई अघि बढाइएको हो ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईले सम्बन्धित कार्यालयका इन्जिनियरसहित सडक अनुगमन गरेकी छन् । उनले सघन शहरी विकास कार्यालयको १ करोड ५० लाख र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १ करोड ७१ लाख रुपैयाँ गरी जम्मा ३ करोड २१ लाख रुपैयाँको बजेटमा सडक स्तरोन्नति गर्न लागिएको जानकारी दिइन् ।नगर प्रमुख प्रसाईले संघ, प्रदेश र नगरको बजेटमा प्राथमिकताको आधारमा सडक स्तरोन्नति गर्ने कार्य धमाधम भइरहेको बताइन् ।

आनन्दगंजसम्मको १ हजार ५६ मिटर सडक गएको आर्थिक वर्षमा नै स्तरोन्नति भइसकेको छ । पूर्वाधार विकास कार्यालयको ४ करोड ६१ लाख ४१ हजार रुपैयाँ (भ्याटसहित) को लागतमा स्तरोन्नति गरिएको हो । सडक डिभिजन कार्यालय दमकका इन्जिनियर किरण श्रेष्ठले अहिले लागत इस्टिमेट कार्य धमाधम भइरहेकोले भदौको पहिलो हप्तासम्ममा ठेक्का लगाउने जानकारी दिए ।

हर्कलाल मार्गको अब करिब २ किलोमिटर सडक ड्रेनसहितको स्तरोन्नति कार्य बाँकी छ । वडा नम्बर ४ का वडाध्यक्ष राहुलकुमार शर्माले सडक स्तरोन्नति भएपछि भत्किएको सडकमा वर्षौदेखि यात्रा गरिरहेका स्थानीयलाई राहत मिल्ने बताए ।उनले सडक निर्माणका क्रममा आवश्यक सहजीकरण गर्न स्थानीय उपभोक्ताहरुलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्