झापा , भदौ २ । गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छिन्।

गएराति भएको फिनालेमा कोच प्रमोद (प्रमोद खरेल) को टिममा रहेकी अनुयाले टाइटल जितेकी हुन्।
विजेता बनेसँगै उनले ट्रफीसहित १० लाख रुपैयाँ जितेकी छिन्।

फिनालेमा ८ जना फाइनलिस्टले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। जसमा कोच प्रमोद खरेलको टिमबाट अनुया र लाक्पा डोल्मा शेर्पा, कोच मिलन नेवारबाट समीक्षा दाहाल र रिन्जिन डोल्मा लामा, कोच छेवाङ लामाबाट द्वितिका प्रधान र छेसाङ तामाङ र कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामा थिए।६ देखि १४ वर्षभित्रका बालबालिका सहभागी हुँदै आएको यो शोको यसअघिका सिजनमा पनि प्रमोदको टिमबाट विजेता बनेका थिए।

यसपटक झण्डै १७ हजार बालप्रतिभा शोको डिजिटल अडिसनमा सहभागी थिए। त्यसबाट विभिन्न चरण पार गर्दै फिनाले भएको हो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्