झापा , भदौ २ । झापाको बुद्धशान्ति गाउँपालिका वडा न.४ स्थित मंगलबारेमा अस्थाई प्रहरी पोष्ट स्थापना गरिएको छ ।

स्थानीय क्षेत्रको शान्ति सुरक्षाको अवस्थालाई सुदृढ बनाउन मंगलवारेमा अस्थाई प्रहरी पोष्ट स्थापना गरिएको हो । जसको आज एक कार्यक्रमका बीच प्रतिनिधि सभाका सदस्य विश्वप्रकाश शर्माले उद्घाटन गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन के.सी.सहित सुरक्षा निकायका प्रमुख एवं स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सो प्रहरी पोष्टमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा ४ जना प्रहरी रहने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्