झापा,साउन २ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरी राजपत्रमा प्रकाशित गर्न लागिएको बताएका छन्।

प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आइतबारको बैठकमा बोल्दै मन्त्री ठकुरीले कृषि हानिकारक वन्यजन्तुमा बँदेलको म्याद थप गरिएको पनि बताए ।

सरकारले गत वर्ष समितिको निर्देशन अनुरुप एक वर्षको लागि बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको थियो। अहिले थप एक वर्ष म्याद थपिएको उनले बताए।

साथै मन्त्री ठकुरीले रातो बाँदरले किसानको खेतबारीमा बालीनाली वा धनजनको हानि–नोक्शानी पु¥याएकाले कृषि हानिकारक वन्यजन्तुमा बँदेलसँगै राखिएको बताए।

‘बँदेललाई कृषि हानिकारक भनिएको थियो, त्यसको म्याद थप गर्दै रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तुको रुपमा राखिएको छ,’ उनले भने।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्