झापा, भदौ ३ । बझाङको बुङ्गल नगरपालिका–१० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता भएका छन् ।

गाउँमा एक्लै रहेको बिरा धामीको घर माथिबाट पहिरो खस्दा बिरा धामीका श्रीमती, बुहारी र दुई नातिनी बेपत्ता भएका हुन्।

९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे खसेको पहिरोले घर क्षतिग्रस्त बनाएको छ। पहिरो जानेबित्तिकै गाउँलेको प्रयासले ५ जनाको जिवितै उद्धार गरिएको छ भने चार जना बेपत्ता भएको स्थानीय भरत महराले बताए।

उद्धारका लागि अहिले झापा प्रहरी चौकीबाट प्रहरी टोली त्यसतर्फ खटिएको छ । स्थानीयहरू रातभर लागेपनि उद्धारमा कठिनाइ भइरहेको छ । सदरमुकाम चैनपुरमा नेपाल टेलिकमको कुनै सेवा नहुँदा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई सम्पर्क हुन सकेको छैन ।

बिरा धामी , उज्वल धामी, रोसन धामी, कमला धामी, शान्ति धामीको उद्धार भएको र उनीहरु सकुशल रहेको स्थानीयले जनाएका छन्। काली धामी, गोल्की धामी, आशिका धामी, लक्ष्मी धामी भने भेटिएका छैनन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्