झापा , भदौ ३ । जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर–२ माझगाउँमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ ।

गएराति गएको पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।

अधिकारीका अनुसार पहिरोमा परी ४२ वर्षीय लालबहादुर परियार र उनकी श्रीमती ३४ वर्षीया मनिषा परियार र २ वर्षका छोराको मृत्यु भएको छ । वडा नम्बर २ का अध्यक्ष पूर्णबहादुर खत्रीका अनुसार भूकम्पले घर भत्किएपछि लालबहादुर परियारको परिवार अस्थायी टहरामा बस्दै आएका थिए ।

वडा अध्यक्ष खत्रीले ठाउँठाउँमा पहिरो गएकाले विद्युत् र सडकसमेत अवरुद्ध भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्