झापा, भदौ ३ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०८० सालको साउन महिनाको तुलनामा यस वर्षको साउन महिनामा २०.१ प्रतिशत राजश्व वृद्धि भएको बताएका छन् ।

काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको दिगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हन् । उनले सरकारको पहलकदमीका कारण केही सकारात्मक सङ्केतहरू सुरु भएको बताए । उनले पुँजीगत खर्च गत वर्षको साउनको तुलनामा चालु आर्थिक वर्षको पहिलो महिनामा ९ गुणाले वृद्धि भएको बताए । उनले घरजग्गा कारोबार अहिले आम मानिसहरूमा चासोको विषय रहेको भन्दै घरजग्गा कारोबारमा रहेको शिथिलताको प्रभाव समग्र अर्थतन्त्रमा परिरहेको बताए । उनले घरजग्गा कारोबार गत वर्षको साउनको तुलनामा यस आर्थिक वर्षको साउन महिनामा ११ प्रतिशतले बढको दाबी गरे । राजश्व ३२ प्रतिशतले वृद्धि भएको उनले बताए । अर्थतन्त्रमा सकारात्मक सङ्केत अनायास नभएको भन्दै सरकारप्रति आम नागरिकको विश्वासका कारण सम्भव भएको बताए । सरकारले लिएको नीतिको प्रभावका कारण पनि अर्थतन्त्र सकारात्मक बन्दै गएको बताए । उनले अहिले देखिएका सकारात्मकतामा चित्त बुझाएर सरकार बस्ने पक्षमा नरहेको र अझ तीव्र गतिको आर्थिक प्रगति देशलाई चाहिएको बताए । आर्थिक क्षेत्रमा रहेका समस्याको शीघ्र समाधान चाहिएको उल्लेख गरे ।

२०८० सालको साउन महिनाको तुलनामा यस वर्षको साउन महिनामा राजश्व वृद्धि २०.१ प्रतिशत छ । पुँजीगत खर्च गत वर्षको साउनको तुलनामा यो वर्ष पुँजीगत खर्च ९ गुणाले वृद्धि भएको छ । घरजग्गा कारोबार अहिले आम मानिसहरूमा चासोको विषय बनेको छ । घरजग्गा कारोबारमा रहेको शिथिलताको प्रभाव समग्र अर्थतन्त्रमा परिरहेको छ । त्यसलाई कसरी चलायमान गर्नुहोला । यस क्षेत्रका समस्या कसरी समाधान गर्ने रु भन्ने कोणबाट पनि टिप्पणी हुने गर्दछन् । अहिले मात्रै हामी देख्न सक्छौँ घरजग्गा कारोबार गतको तुलनामा ११ प्रतिशतले बढको छ ।

राजश्व ३२ प्रतिशतले वृद्धि भएको छ । समग्रतामा अर्थतन्त्रमा केही सकारात्मक सङ्केतहरू देखा परेका छन् । यो अनायास भएको होइन, यसको पृष्ठभूमिमा सरकारप्रति आम नागरिकको विश्वासले काम गरेको छ । सरकारले लिएको नीतिको प्रभाव छ । अहिले देखिएका सकारात्मकतामा चित्त बुझाएर सरकार बस्ने पक्षमा छैन । हामीलाई अझ तीव्र गतिको आर्थिक प्रगति चाहिएको छ । आर्थिक क्षेत्रमा रहेका समस्याको शीघ्र समाधान चाहिएको छ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्