झापा,भदौ ४ । देशका ७४ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७७ जिल्ला मध्ये ७४ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको हो ।
देशभर ४ हजार ९७ डेंगु सङ्क्रमित भएका छन् । तनहुँमा सबैभन्दा बढी ७८१ जनामा डेंगु सङ्क्रमित देखिएको छ । मुस्ताङ , हुम्ला र जुम्ला बाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्