झापा,भदौ ४ । झापाको कमल गाउँपालिकामा धानमा गवारो र डढुवाको प्रकोप देखिन थालेको छ । धान नफस्टाएपछि किसानहरुले धानको गाँज उखेलेर ल्याएर वडा कार्यालय तथा पालिकाको कृषि शाखामा देखाएर रोगको पहिचान र उपचारको बारेमा चासो राख्ने गरेका छन् ।

कमल गाँउपालिका वडा नं. ६ की कृषि प्राविधिक बबि कोइरालाका अनुसार धानमा गवारो र डढुवा धेरैमात्रामा देखिएको छ । यसका साथै माटोमा जिङ र पोटासको मात्रा कर्मीले धानको गाँज नफस्टाउने समस्या पनि देखिएको उनले जनाइन् । धान नफस्टाएपछि किसानहरु आएर समस्या सामधानको उपाय बताइदिन भन्ने गरेका छन्, कोइरालाले भनिन् ।

गाँज बढिरहेको बेलामा धानबालीमा गवारो र डढुवा बढेपछि पालिकाको कृषि शाखा र वार्ड कार्यालयमार्फत आवश्यक पर्ने परामर्शसहित औषधी एवम् बिषादी उपलब्ध गराइने गरेको कोइरालाले जानकारी दिइन् । समयमा गवारो र डढुवा नियण्त्रणमा नलिँदा धान उत्पादन घट्ने अवस्था आउछ ।

अधिकमात्रामा बिषादी र रसायनिक मलका कारण माटोमा जिङ र पोटासको कमी भएर धान फस्टाउन नसकेको पनि भेटिएको कृषि प्राविधिकहरुले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्