झापा , भदौ ४ ।झापाको शिवसताक्षीमा घरेलु हतियार प्रयोग गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्।


आज साँझ पौने ७ बजे भएको यो घटनामा श्रीमती बर्ष अन्दाजी २९ की रन्जना गौतम अधिकारीको घटनास्थलमै मृत्यु भएको हो। उनका श्रीमान ४७ वर्षीय ओमप्रसाद अधिकारीले खुकुरी प्रयोग गरेर रन्जनाको हत्या गरेको छिमेकीले बताए ।

स्थानीय वडा नं ८ निपत्रियाको यो घटना श्रीमान श्रीमतीबीचको आन्तरिक कलहका कारण भएको हुन सक्ने छिमेकीले अनुमान गरेका छन्। घटनास्थलमा यतिबेला प्रहरी पुगेको छ। प्रहरीले ओमप्रकाश अधिकारीलाई नियन्त्रणमा लिएको घटनाका प्रत्यक्षदर्शीले बताए ।प्रहरी टोली घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट पनि टोली खटिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्