कनकाई, भदौ ५ ।झापाको कनकाई नगरपालिका वडा नम्बर ७ स्तरीय सरस्वती वडा बाल संजालको अध्यक्षमा रिजन तिम्सिना चयन भएका छन् ।

कनकाई नगरपालिका ७ दुर्गापुरस्थित फक्तालुङ एजुकेशन फाउन्डेसनमा बुधबार आयोजित बाल संजाल पुनर्गठन तथा बालमैत्री अभिमुखीकरण कार्यक्रमबाट वडा स्तरीय बाल संजाल सरस्वती बाल सन्जालको अध्यक्षमा तिम्सिना चयन भएका हुन् । बाल संजालको उपाध्यक्षमा सुलभ रिमाल , सचिवमा अम्बिका गोस्वामी , सहसचिवमा सरोज रिजाल र कोषाध्यक्षमा रेश्मा घिमिरे चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा शिखा सेन्चुरी , निरज सुवेदी , धिरज न्यौपाने , दिक्मला लामिछाने , आयुशा बस्नेत , सागर गौतम , मुक्साम नेम्बाङ चयन भएको बाल संजालका निवर्तमान अध्यक्ष सुप्रिम पौडेलले जानकारी दिएका छन् ।

कनकाई नगरपालिका ७ को वडा सदस्य निर्मल आङथुपोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण कनकाई नगरका बालकल्याण अधिकारी उमानाथ ढकालले गरेका थिए । कार्यक्रममा कनकाई ७ का वडा सदस्य भगन टुडूको विशेष आतिथ्य रहेको थियो भने फक्तालुङ एजुकेशन फाउन्डेसनका व्यबस्थापन समिति अध्यक्ष दुर्गा नेम्बाङ , प्रिन्सिपल ओमबिक्रम नेम्वाङ , जनकल्याण समाज दुर्गापुरका अध्यक्ष लिलाबहादुर कन्दङ्वा , नगर बाल संजालका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

संजालका निवर्तमान अध्यक्ष सुप्रिम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत निवर्तमान उपाध्यक्ष अम्बिका गोस्वामीबाट भएको थियो भने कार्यक्रमको संचालन सचिव रिजन तिम्सिनाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्