झापा , भदौ ६ । झापाको कमल गाउँपालिकामा आगलागी हुँदा गाईगोठ जलेर नष्ट भएको छ ।

आज बिहानको राति १.३०बजे कमल गाउँपालिका– २ समयगढ बस्ने देउमान राईको घरनजिकै रहेको बाँसको टाटी बेरा र टिनको छानो भएको दुईतले गाईगोठमा अचानक आगलागी भएको थियो । आगलागीबाट गाईगोठ र गोठमा रहेको २० मन धान जलेर पूर्ण रुपमा नष्ट हुँदा अन्दाजी डेढ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी तोपगाछीको प्रहरी टोली ,स्थानीय र कमल गाउँपालिकाको दमकलको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्