झापा , भदौ ८ । धनकुटाको साँगुरीगढी ६ मुक्तेनमा गएराति पिकअप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।


मृत्यु हुनेमा साँगुरीगढी ६ का ३८ वर्षीय निरबहादुर मगर रहेको प्रहरीले जनाएको छ । मगरको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ । मुक्तेनबाट नाम्जेतर्फ जाँदै गरेको को.२ च ११०५ नम्बरको पिकअप राति ९ः१५ बजे दुर्घटनामा परेको प्रहरीको भनाई छ ।

पिकअपमा सवार ३४ वर्षीय राजकुमार मगर, ३९ वर्षीया मिना मगर र उनकी ६ वर्षीया छोरी श्रेया मगर घाइते भएका छन् । घाइतेहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

पिकअप चालक उदयपुरका अमिर मगरलाई इलाका प्रहरी कार्यालय भेडेटारले नियन्त्रणमा लिएको छ । उक्त गाडी सडकबाट करिब ७० मिटर तल खसेको इलाका प्रहरी कार्यालय भेडेटारका इन्चार्ज रमेश प्रधानले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्