झापा,भदौ ८ । नेपाल भलिबल सङ्घले काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा उपविजेता बन्न सफल राष्ट्रिय महिला टोलीका खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । सङ्घले शनिबार टोलीका खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।

सङ्घले काठमाडौँ हालै सम्पन्न काभा वुमेन्स नेसन्स लिगमा रजतपदक विजेता महिला टोलीका खेलाडी र प्रशिक्षकलाई जनही एक लाख दुई हजार र ब्यवस्थापक र फिजियोलाई जनही ८२ हजार रुपियाँ पुरस्कार प्रदान गरेको छ । काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल खेलमा भारतसँग ३–२ को सेटमा पराजित हुँदै उपविजेता बनेको थियो ।

यस्तै कार्यक्रममा माल्दिभ्समा हालै सम्पन्न काभा यु–२० भलिबल तेस्रो स्थान हासिल गरेको नेपाली महिला भलिबल खेलाडीहरू, प्रशिक्षक र टिम ब्यवस्थापकलाई जनही १५ हजार रुपियाँ पुरस्कारबाट सम्मान गरिएको छ ।

यस्तै सङ्घले भुटानमा सम्पन्न काभाबीच भलिबलमा महिलातर्फ स्वर्ण पदक विजेता महिला भलिबल टिमकी कमला पुन र मनिषा चौधरीलाई जनही ६० हजार तथा प्रशिक्षक उपेष विष्टलाई ४० हजार रुपियाँ र सोही प्रतियोगिातमा पुरुषतर्फ रजत पदक जित्न सफल मानबहादुर श्रेष्ठ र दिल बहादुर सुनारलाई जनही ३० हजार रुपियाँ पुरस्कारसहित सम्मान गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्