भद्रपुर, भदौ ८ । लायन्स क्लब अफ झापाको एक नम्वर एरिया सम्मेलन भद्रपुरमा सम्पन्न भएको छ ।


लायन्स क्लब अफ भद्रपुरको संयोजनमा माइपूर्व रहेका लायन्स क्लबहरूको एरिया सम्मेलन भद्रपुरमा सम्पन्न भएको हो । लायन्स क्लब अफ भद्रपुरकी अध्यक्ष शर्मिला अधिकारीको अध्यक्षता तथा डिष्ट्रिक गभर्नर विकास अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा सन् २०२४÷०२५ का लागि नयाँ सदस्यता लिएका सदस्य तथा नयाँ समितिका पदाधिकारीबिचमा चिनजानसमेत गराइएको थियो भने सन् २०२३÷०२४ का पदाधिकारीले आफ्नो कार्यकालमा गरेका कार्यविवरण प्रस्तुत गरेका थिए ।

लायन्स क्लब अफ भद्रपुरका पूर्व अध्यक्ष तथा उद्योग संघ झापाका अध्यक्ष यमबहादुर श्रेष्ठले कृष्णद्वैपायन गुरूकुल भद्रपुरका वटुकहरूलाई आमाको सम्झनामा पोशाक प्रदान गरेका थिए । सम्मेलनमा एक नम्वर एरियामा रहेका ८ वटा लायन्स क्लबमध्ये ७ वटा लायन्स क्लबहरूले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्