झापा,भदौ ९ । ड्युटी गर्दागर्दै अचानक बेहोस भएका प्रहरी चौकी मंगलबारेमा कार्यरत प्रहरी सहायक हवल्दार पुरुषोत्तम निरौलाको निधन भएको छ ।
मादी नगरपालिका २ मा ड्युटी गर्ने क्रममा बेहोस भएका निरौलालाई तेह्रथुमको बसन्तपुरमा रहेको स्वास्थ्य चौकीमा शनिबार साँझ मृत घोषणा गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी घनश्याम श्रेष्ठका अनुसार शनिबार ड्युटी गर्दागर्दै निरौला एक्कासी लडेर बेहोस भएका थिए । उनको शव धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्थानमा आज आईतबार पोष्टमार्टम गरिने छ । पोष्टमार्टमपछि उनको घर सोलुखुम्बु लगेर परिवारलाई शव बुझाईने डिएसपी श्रेष्ठले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्