झापा, भदौ ९ । नेपाली तीर्थयात्री बोकेको बस बिहारको समस्तीपुर जिल्लामा दुर्घटना हुँदा ३५ भन्दा बढी घाइते भएका छन् ।

बाराबाट रक्सौल हुँदै झारखण्डको देवघर जल अर्पणका लागि गइरहेका तीर्थालु बोकेको बस आइतबार बिहान समस्तीपुरको मुसरीघरारी चोकमा दुर्घटनामा परेको हो ।

तीव्र गतिमा आएको ट्रकले ठक्कर दिँदा नेपाली तीर्थालु बोकेको बस पल्टिएको घाइते लक्ष्मी राउतले जानकारी दिएका छन् ।
घाइतेहरूलाई उपचारका लागि मुसरीघरारी अस्पताल र सदर अस्पतालमा भर्ना गरिएको छ ।

बसमा जम्मा ४३ यात्रु रहेको पनि राउतले जानकारी दिएका छन् । समस्तीपुर प्रहरीका अनुसार घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्