झापा , भदौ १० । संखुवासभाको मकालु गाउँपालिका–५ मा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको ’अडिट टु’ मा ढुंगा खसेर एक जना मजदुरको मृत्यु भएको छ ।
बर्दिया ठाकुरबाबा नगरपालिका ९ का ४९ वर्षीय तुलसीराम थारु बाटो बनाउने ग्यालजियमको काम गर्ने क्रममा हिजो साँझ माथिबाट ढुंगा झरेर घाइते भएका थिए ।
उपचारका क्रममा आज बिहान साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले बताए । हालसम्म अरूण तेस्रोको काम करिब ७५ प्रतिशत सम्पन्न भइसकेको छ ।