भद्रपुर, भदौ १० । लेखक खेमराज दाहालको दोस्रो कृति भद्रपुरको प्रतिबिम्ब चन्द्रगढीमा विमोचन भएको छ ।

तथ्याङ्कमा भद्रपुर नगरपालिका, झापा जिल्ला र देशभित्रका महत्वपूर्ण क्षेत्र समेटेर तयार पारिएको पुस्तकको भद्रपुर नगर प्रमुख गणेश पोखरेलले विमोचन गरेका हुन् ।

डाइनामिक ग्रुपका अध्यक्ष अर्जुन खरेलको अध्यक्षता तथा प्रमुख आतिथ्य भद्रपुर नगर प्रमुख पोखरेलको रहेको थियो । खगिन्दा खुसीले सञ्चालन गरेको कार्यक्रममा पुस्तकको समीक्षा हल्दिवारी गाउँपालिकाका अधिकृत तथा डाइनामिक ग्रुपका सल्लाहकार राजन न्यौपानेले गरेका थिए ।
कार्यक्रमको औचित्यमाथि ग्रुपका सचिव चन्द्रमणि पौडेलले प्रकाश पारेको कार्यक्रममा स्वागत मन्तव्य डाइनामिकका सदस्य उमेश पाण्डेले गरेका थिए ।

प्राज्ञ हरि पौडेल, प्रा.डा. गंगाप्रसाद अधिकारी, चन्द्रगढी सामुदायिक वनका अध्यक्ष दुर्गाप्रसाद भट्टराई,भद्रपुर ९ का वडाध्यक्ष राम दाहाल, ७ का वडाध्यक्ष अभिषेक ढुङ्गाना, कार्यपालिका सदस्य सीता ढकाल गुरागाई, १० नं. वडा सदस्य दुर्गाप्रसाद दाहाल, ८ नं. वडा सदस्य भगवती वस्नेत , अग्रज पत्रकार चिन्तामणि दाहाल, समाजसेवी शिव राजभण्डारीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्