झापा, भदौ १० । ताप्लेजुङ गोल्ड कप फुटबलको उपाधि सगरमाथा युथ क्लब मोरङले जितेको छ ।

सोमबार भएको फाइनलमा मधेस प्रदेशको सलहेस फुटबल क्लब सिरहालाई १–० गोल अन्तरले पराजित गर्दै सगरमाथाले उपाधि चुमेको हो । सगरमाथाले नगद ५ लाख रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त ग¥यो ।
खेल प्रारम्भ भएको ३ मिनेटमै सगरमाथा युथ क्लबका विजय भुजेलले गोल गरेका थिए । उनले गरेको त्यही गोल निर्णायक बन्यो । मिलन राईको पासलाई उनले गोलमा परिणत गरेका हुन् ।

उपविजेता बनेको सलहेसले २ लाख ५० हजारमा चित्त बुझाउनु प¥यो । सलहेसले जोन ग्लोरी, सेवेए, कार्लोस साम र स्टेफेन गरी ४ जना विदेशी खेलाडी लिएर पहाड उक्लिएको थियो ।

फाइनल खेलमा मिलन राई, अशोक खवास, विवेक पौडेल, सौभाग्य राई, जोन ग्लोरीले फाइनल खेलमा पहेँलो कार्ड पाए । मोरङका मौसम सुब्बा ‘सस्पेन्स’ भएर मैदानबाहिर बस्दा उनको ठाउँमा दोर्जे तामाङले फरवार्डको भूमिका निर्वाह गरेका थिए ।

सलहेसले सेमिफाइनलमा झापाको बिर्तामोड युनाइटेडलाई र सगरमाथा युथ क्लबले संघर्ष स्पोर्टिङ क्लबलाई पराजित गरी फाइनलमा स्थान बनाएका थिए । खेलमा विभागीय टिम त्रिभुवन आर्मी, बुटवलको लुम्बिनी एफसी, भारत सिलिगुडीको कञ्चनजंघा फुटबल क्लब र पाँचथर फुटबल क्लब गरी ८ टिम सहभागी थिए ।

प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री योगेशकुमार भट्टराई, संविधान सभाका सदस्य डम्बरध्वज तुम्बाहाम्फे, कोशी प्रदेश सरकारका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्वो, निर्मला तावा, खगेनसिंह हाङ्गाम, जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामा, फुङलिङ नगरपालिका प्रमुख छिरिङ लामालगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्