बिर्तामोड, भदौ १० । हब इन्टरनेशनल एजुकेशन प्रालिको सातौं शाखा बिर्तामोडमा खुलेको छ । जसको सोमवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि हब इन्टरनेशनल एजुकेशन प्रालिका संस्थापक अध्यक्ष उद्धव खड्काले शाखाको उद्घाटन गरेका थिए । काठमाडौंको हात्तीसारमा प्रमुख कार्यालय रहेको हब १९ बर्षअघि स्थापना भएको हो । ललितपुर, चितवन, बुटवल, भैरहवा, पोखरा, नेपालगञ्ज र बिर्तामोडमा शाखा कार्यालय रहेको हब इन्टरनेशनलको कर्पाेरेट शाखा अष्ट्रेलियामा रहेको सञ्चालक खड्काले जानकारी दिए । शाखा स्थापनासँगै टोफेल, आइइएलटिएस लगायतको भाषा कक्षाहरु पनि बिर्तामोडमै उपलब्ध गराउने तयारी कन्सलटेन्सीको छ ।

नेपाली विद्यार्थीहरुलाई बिदेश अध्ययन गर्न जानुअघि आइपर्ने समस्याको बिषयमा सही परामर्श दिनका लागि बिर्तामोडमा शाखा स्थापना गरिएको संचालकहरुले बताएका छन् ।

यो शाखाले पूर्वका विद्यार्थीहरुका लागि सहज हुने बिर्तामोडका प्रवन्ध निर्देशक दीपेन्द्र बुढाथोकीले बताए । विद्यार्थीहरु रोजगारसहित मास्टर, ब्याचलर, डाक्टर आदि अध्ययनका लागि अस्ट्रेलिया, अमेरिका, युके, आयरल्याण्ड, क्यानडा, न्युजिल्यान्ड, भारत, युरोपका देशहरुमा जाने हुँदा काठमाडौंसम्म गएर ठूलो धनराशि खर्च गरी परामर्श लिनु पर्ने बाध्यतामा थिए ।आफ्नै घर पायक परामर्श सेवा उपलब्ध गराउन यो शाखा बिर्तामोडमा सञ्चालन गरिएको बताइएको छ ।

बिद्यार्थीको करियर काउन्सिलिङका लागि भरपर्दाे कन्सलटेन्सी हब इन्टरनेशनल एजुकेशन भएको दावी सञ्चालकले गरेका छन् । कोशी प्रदेशमा पहिलो शाखा स्थापना गरेको हब इन्टरनेशनलले चाँडै नै इटहरी र बिराटनगरमा शाखा स्थापना गर्ने तयारी गरेको छ । अन्यभन्दा सस्तो, राम्रो र भरपर्दाे काउन्सिलिङ गर्ने दावी गरेको हबले बिदेशका कलेजमा भर्नापछिको सेवा पनि उपलब्ध गराउने बताइएको छ ।

बिर्तामोड शाखामा बैंकर्स दीपेन्द्र बुढाथोकी, व्यवसायी प्रियंका शंकर र सोमना महत सञ्चालक रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्